बीमा रकम असुल्ने योजना विफल, आगो लगाएका पवन र सुजन जेल चलान
पाेखरा | भदौ १५, २०८१
पोखरा महानगरपालिका ६ लेकसाइडस्थित आफ्नै पसलमा आगो लगाएका २ जना कारागार चलान भएका छन् ।
कास्की प्रहरीका अनुसार बीमा रकम दाबीका गर्न आफ्नै पसलमा आगजनी गरेको आरोप लागेका पोखरा महानगरपालिका–१७ का ३६ वर्षीय सुजन गहतराज र ४३ वर्षीय पवन नेपाललाई पूर्पक्षका लागि जेल चलान भएका हुन् ।
उनीहरुलाई जिल्ला अदालत कास्कीको आदेशानुसार शुक्रबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए ।
उनका अनुसार ति दुई जनाले साउन १६ गते बिहान नारेश्वरमा डा थानेश्वर पहारीको घर भाडामा लिएर गहतराजले सञ्चालन गर्दै आएको मुक्तिनाथ सपिङ सेन्टरमा आगो लगाएका थिए ।
पछि अनुसन्धानको क्रममा उनीहरूले नै बीमावापतको रकम असुल्नका लागि पसलमा आगजनी गरेको पुष्टि भएको थियो ।
अनुसन्धानका क्रममा हिमालयन एभरेस्ट इन्स्योरेन्स न्यूरोड शाखामा पसल सञ्चालकले २ करोड १० लाख बराबरको बीमा गरेको खुलेको थियो ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

